☰ open Loading... 7 September 2024|  

सुर्खेतको एयरपोर्ट चौक नजिक सडक अवरुद्ध
पश्चिम नेपाल   | १० जेष्ठ २०८१, बिहीबार ०९:२८

वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोक बहादुर शाहीलाई कारले ठक्कर दिँदा मृत्यु भएपछि बुधवार रातीदेखि घुस्रारोड चौक (रत्न राजमार्ग) मा आफन्तहरुले टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

उनीहरुले घटनामा संलग्नहरु खोजी गरी सार्वजनिक गर्नुपर्ने भन्दै आन्दोलन गरेका हुन् । विहिवार विहानैदेखि सडक अवरुद्ध भएको छ । प्रहरीले घटनामा संलग्न गाडीको खोजी कार्यभईरहेको बताएको छ ।

प्रहरी रातीदेखि नै गाडीको खोजीमा लागिरहेको र छिटटै घटनामा संलग्न गाडी पत्ता लाग्ने सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले बताए ।

शाहीको बायाँ खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका उनको प्रदेश अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ।