☰ open Loading... 16 June 2024|  

पापुआ न्यू गिनीमा पहिरोमा परी कम्तिमा सयजनाको मृत्यु
पश्चिम नेपाल   | ११ जेष्ठ २०८१, शुक्रबार ११:३८

पापुआ न्यू गिनीमा पहिरोमा परी कम्तिमा एक सयजनाको मृत्यु भएको अनुमान गरिएको छ।

अस्ट्रेलियाको सरकारी मीडिया एबीसीका अनुसार स्थानीयका अनुसार पहिरोमा परी हालसम्म ५० भन्दा बढी शव निकालिएको र सय जनाभन्दा बढीको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको हो।

पपुआ न्यू गिनीको एङ्गा राज्यको काओकलम गाउँमा बिहीवार करिब ३ बजे पहिरो गएको हो।

पहिरोका कारण पहाड भाँसिदा आसपासका घरहरू पनि क्षतिग्रस्त भएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।