☰ open Loading... 19 September 2024|  

मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन आग्रह
पश्चिम नेपाल   | १४ जेष्ठ २०८१, सोमबार ०६:०१

दैलेख – जिल्ला समन्वय समिति दैलेखले सातौ जिल्लासभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति ,स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागितामा सांतौ जिल्ला सम्मेलन सम्पन्न गरेको हो।

पूर्वसाँसद रबिन्द्रराज शर्माले कामको गुणस्तरीयता र समयमा सम्पन्न गर्ने बिषयमा स्थानिय तहका जनप्रतिनिधीहरु चनाखो हुनुपर्ने कुरामा जोड दिए ।उनले मुलुकलाई समृद्ध बनाउनेतर्फ केन्द्रित भएर विकासका योजना निर्माण गर्न सबै स्थानीय तहलाई आग्रह गरे। उनले अनुगमन कार्यलाई प्रभावकारी बनाउन समेत उहाँले आग्रह गरेका छन् ।

कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्रीले दलहरुले सत्तामा हुँदा र बाहिर हुँदा विकास बारे विचार र व्यवहार बदल्ने गरेको टिप्पणी गरे । जिल्लाको बिकास निर्माणको काम तथा स्थानिय तहको बजेट समयमा र सही ठाउँमा खर्च गर्ने वातावरण बनेमा जिल्लाले काँचुली फेर्ने उनले बताए ।

यस्तै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले संघीय संरचनापछि स्थानीय सरकारलाई श्रोत, साधन र अधिकार दिएको तर त्यस अनुसार व्यवस्थित, न्यायोचित परिचालन हुन नसकेको टिप्पणी गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति , स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेको थियो ।