☰ open Loading... 19 September 2024|  

आठविसमा कार्यपालिकाले गरेको निर्णय च्यातियो
गणेश बहादुर शाही, राकमकर्णाली   | १५ जेष्ठ २०८१, मंगलवार ०७:४५

दैलेखको आठविस नगरपालिकाको कार्यपालिका बैंठकले गरेको निर्णय च्यातिएको आरोप लागेको छ । ९८ औं कार्यपालिका बैंठकले सार्वजनिक जग्गा र टहरा हटाउने निर्णय गरेको भएता पनि अहिले त्यो निर्णय च्यातिएको अवस्थामा रहेको पाईएको हो ।

कार्यपालिका बैंठकको माईन्यूटको १ नम्वर बुंदामा रहेको उक्त निर्णय अहिले च्यातिएको अवस्थामा रहेको ४ नम्वर वडाका वडाअध्यक्ष टेकबहादुर माँझीले पश्चिमनेपालसंग गुनासो गरे । ‘कार्यपालिका बैंठकमा उल्लेख भएको निर्णयहरु हेर्दा च्यातेर हटाईएको पाईयो ।’ वडाअध्यक्ष माँझीले भने, निर्णय कार्यान्वयन गर्न खोज्दा निर्णय नै नयाँ टाँसेको छ । ’

आठविसमा निर्णय नै मनपरि रुपमा फेरबदल भएपछि नगरपालिका विवादित बनेको छ । कार्यपालिकाले गरेको निर्णय च्यात्न नमिल्ने भएपनि सार्वजनिक जग्गा हडप्नेहरुको चलखेलमा रातारात च्यातेर नयाँ निर्णय टाँस भएको आरोप लागेको छ । कार्यपालिकाको कोलोज गरिएको माईन्यूट च्यातेर नगरप्रमुखले सरकारको अपमान गरेको आरोप समेत वडाअध्यक्ष माँझीले लगाए ।

आठविस नगरपालिकाभित्र रहेको कित्ता नम्वर ८ को सार्वजनिक जग्गा रहेको छ ।

माईन्यूटमा वडा नम्वर ४ ले निकालेको सार्बजनिक जग्गामा भएका घर टहरा हटाउन भनी निकालेको सुचना हुनुपर्नेमा आठबिस नगर पालिकाले निकालेको सुचना भएकाले माईन्यूट सच्याईयको र अर्को कार्यपालिकाको बैठकमा यो बुदांलाई समेटेर लैजाने नगर प्रमुख तर्क बहादुर बडुवालले प्रतिक्रिया दिए ।

सुचनामा वडाले निकालेको हुनुपर्नेमा नगरपालिका भएकाले निर्णय सच्चाईएको प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर शाहीको भनाई छ ।

नयाँ निर्णयसहित टाँस गरेको कार्यपालिकाको बैंठक पुस्तिका