☰ open Loading... 19 September 2024|  

गणतन्त्रको विकल्प गणतन्त्र नै हो
पश्चिम नेपाल   | १५ जेष्ठ २०८१, मंगलवार २१:०७

दैलेख –१७औँ गणतन्त्र दिवसको अवसरमा दैलेखमा प्रभातफेरि सहित कार्यक्रम आयोजना गरिएको छ ।दैलख सदरमुकाम गणेश चोक देखि निकालिएको प्रभातफेरी बजार परिक्रमागरी जिल्ला समन्वय समितिको सभाहलमा पुगेर अन्तक्र्रिया गरिएको हो ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै नारायण नगरपालिका प्रमुख लोमन शर्माले गणतन्त्रबिनाको गणतन्त्र सार्थक नहुने बताएका छन् । जनताको जीवनमा परिवर्तन ल्याउन नै विकासका चौतर्फी अभियान अघि बढाइएको बताए। गणतन्त्र शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्दति रहेको उनको भनाई छ ।उनले गणतन्त्र ल्याउन आफ्नो जीवन आहुति दिने ज्ञात अज्ञात शहीद प्रति हार्दिक श्रद्धान्जलि समेत व्यक्त गर्नु भयो ।

यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले मुलुकमा गणतन्त्र आएको डेढ दशकमा थुप्रै चुनौती बढे पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हुने बताए ।गणतन्त्र प्राप्तीपछि देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशीता, सामाजिक न्याय जस्ता विषय स्थापित गरेको तर आर्थिक समृद्धिको काम अझै बाँकी रहेको उनले बताए।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति मणिराम रेग्मी,नेकपा एमालेका तेजबहादुर चन, नेकपा एकीकृत समाजबादीका जंगबहादुर शाही,जिल्ला समन्वय प्रमुख नमराज शाही, लगायतले सरकार र गणतन्त्रात्मक ब्यवस्थाका बारेमा सुझाव एवं टिप्पणी गर्दै गणतन्त्रको बिकल्प नरहेकोमा जोड दिएका थिए ।