☰ open Loading... 19 September 2024|  

दैलेखमा खोलामा डुबेर एक बालकको मृत्यु
पश्चिम नेपाल   | १५ जेष्ठ २०८१, मंगलवार २१:२५

दैलेखमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मंगलबार महाबु गाउँपालिका- ३ बाँसीका १३ वर्षीय बालक भुवन शाहीको ज्यान गएको दैलेख प्रहरीले जानकारी दिएको छ ।

दैलेख सदरमुकामबाट पौडी खेल्न चुप्रा पुगेका साथीहरुसंग लोहोरे खोलाको बड्डी गाडे रहमा डुबेर ती बालकको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

डुबेको थाहा पाएर लगतै दौतरी साथीहरुले निकाल्न नसकेपछि झण्डै एक घण्टापछि मात्र स्थानीयहरुले खोला पसेर बालकलाई मृत अवस्थामा फेला पारेका बताइएको छ ।