☰ open Loading... 20 September 2024|  

बालकको शव फेला
पश्चिम नेपाल   | १८ जेष्ठ २०८१, शुक्रबार १०:५०

तिला नदीमा पौडी खेल्ने क्रममा मंगलबार दिउँसोदेखि बेपत्ता भएका बालकको शव फेला परेको छ।

सशस्त्र प्रहरी बल सुर्खेतबाट कालीकोट आएको गोताखोर टोलीले ३ दिनदेखि नदीमा बेपत्ता तिलागुफा-७ छाप्रेका १४ वर्षीय हिक्मत बमको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।