☰ open Loading... 4 June 2025|  

खेलकुद मन्त्री श्रेष्ठले गरे, सुर्खेतमा निरीक्षण
पश्चिम नेपाल   | २८ जेष्ठ २०८१, सोमबार १३:३४

युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले आज कर्णालीको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुदको लागि तयार भैरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन।

उद्घाटन र समापन हुने प्रमुख रङ्गशाला, पौडी पोखरी, नव निर्मित कभर्ड हल, ब्यान्ड मिन्टन हल लगायतका संरचनाको निरीक्षणसँगै प्रगति विवरणको बारेमा जानकारी लिए।

रङ्गशालाको ८० प्रतिशत काम सम्पन्न भैसकेको र असारभित्र सेन्थेटिक ट्रयाक बाहेक सबै काम सम्पन्न हुने जानकारी गराए।

बनिरहेका अन्य संरचनाहरू पनि समयमा नै बनिसक्ने सञ्जालले बताए। रङ्गशाला लगायत क्रिकेट मैदान, बहुउद्देश्यीय कभर्ड हल, भलिबल कोर्ट, बास्केटबल कोर्ट, रग्बी मैदान, फुटबल मैदान, ह्यान्डबल, स्कावास कोर्ट, पौडी पोखरी जस्ता करिब एक दर्जन नयँ खेलकुद संरचना अहिले निर्माण भैरहेको छ।