☰ open Loading... 19 September 2024|  

दैलेख बजारमा के सारो जाम !
पश्चिम नेपाल   | २८ जेष्ठ २०८१, सोमबार १५:२२

हिजोआज दैलेख सदरमुकाम भएर कतै जाँदै हुनुहुन्छ ? एकछिन सोच्नुहोस् । कतै तपाई बेकारको जाममा पर्नुहोला । साँगुरो बाटो त्यसमा पनि तिनतिर निर्माण चलिरहेको छ । जसले गर्दा एनएमवी बैंकदेखि देवकोटाचौकसम्म ८ देखि आधा घण्टासम्म नियमित जामले सास्ती दिईरहेको छ । मनपरि गाडी चलाईदा हिड्दा ५ मिनेट लाग्ने सडकमा गाडीको लस्कर जाममा बस्नुपर्ने बाध्यता छ ।

नेपाल प्रहरी र ट्राफिक दैलेखमा होलान तर, त्यहाँ सवारी ब्यवस्थापनमा देखिदैनन् । उनीहरु जंगलमा चेकिङ्ग ब्यस्त हुन्छ । मध्यपहाडी राजमार्ग त्रिभुवन मावि पछाडी कालोपत्रे हुँदैछ । गणेशचौकमा पिपिसी र डेकेन्द्र चौकबाट जारकोट जाने सडकमा पनि सडक स्तरउन्नतीको काम चलिरहेको छ । बजार क्षेत्रमा सवारी साधनहरुको चाप बढ्दो छ । जसका कारण गाडीहरु बढी जाममा पर्ने गरेका हुन् ।

एउटा मोटरसाईकल जाने सडक नछाडेर गाडीहरु हिड्दा नागरिकहरुलाई सास्ती भएको छ । जामले दैनिक हैरानी खेप्नुपरेको स्थानीय जनक शर्माले बताए ।

दिनहुँ विहानदेखि साँझसम्म दैलेख बजार क्षेत्रमा जाम पर्ने गरेको छ । नगरपालिकादेखि प्रहरीसम्म सवारी ब्यवस्थापनमा जिम्मेवार देखिदैनन् । उनीहरुलाई सानो साँगुरो बाटोमा आधा घण्टासम्म जाममा फसेका गाडीहरु देखेर रमिते मात्रै भएका छन् ।