☰ open Loading... 19 September 2024|  

सुर्खेतमा ४० डिग्री तापक्रम पुग्यो
पश्चिम नेपाल   | २८ जेष्ठ २०८१, सोमबार १५:३२

सुर्खेतमा तापक्रम ४० डिग्री तापक्रम पुगेको छ । मनसुन नहुँदा तापक्रम बढ्दो गतिमा गईरहेको हो ।

सुर्खेतमा अहिलेसम्मकै तापक्रम यो वर्ष बढी महशुस भएको स्थानीयहरु बताउँछन् ।

गर्मी बढेसंगै कहिल्यै नसुकेका इनारहरु सुकेका छन् ।

वीरेन्द्रनगरमा पानीको हाहाकार भएको छ । अँझै पानी पर्न हप्तादिन कुनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गर्मीका कारण वीरेन्द्रनगरमा जनजिवन अस्तब्यस्त भएको छ ।

मनसुन नेपालमा भित्रियो

यस वर्षको मनसुन प्रणाली नेपाल भित्रिएको छ ।

नेपालमा मनसुन सरदर जुनको १३ मा भित्रने गरे पनि यो वर्षको मनसुन भने ३ दिन अगावै सोमबार पूर्वी भू-भाग भएर भित्रिएको हो ।

कोशी प्रदेशको पूर्वी भू-भागबाट प्रणाली प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबार नेपाल भित्रिएको मनसुन विस्तारै अन्य देशमा पनि फैलने छ । मनसुन अवधि (जुन, जुलाई, अगस्ट र सेप्टेम्बर)मा यो वर्ष अन्य मुनसुनको समयमा भन्दा बढी वर्षा हुने मौसमविदहरूको पूर्वानुमान छ ।