☰ open Loading... 16 September 2024|  

पहाडमा पनि गर्मी विदा !
पश्चिम नेपाल   | २८ जेष्ठ २०८१, सोमबार १६:२२

तराई, भित्रि मधेशमा अचाक्ली गर्मीले जनजिवन अस्तब्यस्त छ । त्यहाँ सरकारी, निजि विद्यालयहरुमा गर्मी विदा गरिएको छ । तर, अचेल गर्मी पहाडतिर सर्न थालेसंगै पहाडमा पनि गर्मी विदा दिन थालिएको छ ।

दैलेख सदरमुकामस्थित नारायण नगरपालिका शिक्षा शाखाले ४ दिन गर्मी विदा दिने निर्णय गरेको छ । नगरले जेष्ठ २९ गतेदेखि ३२ गतेसम्म सामुदायिक, संस्थागत विद्यालयहरुलाई विदा दिने निर्णय गरेको हो ।

पहाडमा पनि अत्याधिक गर्मीका कारण पठनपाठन गर्न कठिनाई भएकोले गर्मी विदा दिने निर्णय भएको नारायण नगरका शिक्षा अधिकृत पूर्ण प्रसाद उपाध्यायले हस्ताक्षर एक विज्ञप्तीमा उल्लेख छ ।