☰ open Loading... 8 September 2024|  

पूर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा
पश्चिम नेपाल   | २९ जेष्ठ २०८१, मंगलवार १५:०९

 

खगेन्द्र खड्का
दैलेख –दैलेखको भगवतीमाई गाउँपालिका वडा नं- ७ स्थीत रहेको लामतडा टोललाई पूर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा गरिएको छ। एक कार्यक्रमका बीच पूर्ण सरसफाई स्वच्छता उन्मुखका लागि सरसफाईका सबै सूचकहरु पूरा गरेपछि १८घरधुरी रहेको लामतडा टोललाई पूर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा गरिएको वडाध्यक्ष पूर्ण बहादुर थापाले बताए ।उनले यसका लागि सबैसँग आगमी दिनमा सबै संग समन्वय र सहकार्य गरेर जाने उनले प्रतिवद्धता व्यक्त गरे ।

लामतडा खानेपानि तथा सरसफाई उपभोक्ता समितीको आयोजनामा भगवतीमाई गाँउपालिका सबैका लागी दीगो खानेपानी, सरसफाई तथा स्वच्छता सुस्वा आयोजनाको समन्वयमा पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको लामतडा खानेपानि तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष चित्र बहादुर खड्काले बताए ।उनले ७वटा सुचक गरेपछि पूर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा गरिएको बताए ।

कार्यक्रममा फोहोरको अन्त्यले नै मानिस स्वच्छ भएर बाँच्ने भएकाले यो कार्यक्रमलाई घोषणमा मात्र सीमित नराख्न भगवतीमाई उपाध्यक्ष मीना कुमारी खड्का थापाले अनुरोध गरिन् ।उनले सम्पूर्ण वडा बासिहरूले सहयोग गर्नुहोस् यो वडा जिल्लाको नमुना वडा बन्ने बताइन् ।