☰ open Loading... 16 September 2024|  

वीरेन्द्रनगरका लेखा अधिकृत क्षत्रीको हृदयाघातबाट निधन
पश्चिम नेपाल   | २९ जेष्ठ २०८१, मंगलवार १५:०४

सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षत्रीको निधन भएको छ। हाल वीरेन्द्रनगर– ७ इत्राम घर भएका ५२ वर्षीय लेखा अधिकृत क्षत्रीको मंगलबार निधन भएको हो।

वीरेन्द्रनगरका निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका क्षेत्रीको हृदयाघातका कारण निधन भएको कर्णाली प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बताए। उपचारका लागि चिकित्सवको सक्दो प्रयास गरे पनि अक्सिजनको लेभलमा सुधार नभएपछि निधन भएको हो।

क्षत्रीको शव अस्पतालको शवगृहमा राखिएको छ। स्थानीय तहमा निजामती कर्मचारीमा समायोजन भएपछि क्षेत्री ०७४ साउन १५ गते वीरेन्द्रनगर नगरपालिकाका हाजिर भएका थिए।

त्यसअघि उनी दैलेख, कालीकोटलगायतका जिल्लामा कार्यरत रहेको वीरेन्द्रनगर नगरपालिकाका जिन्सी शाखाका प्रमुख खड्क केसीले बताए। क्षत्रीले हृदयाघात हुनुपूर्व बुलबुले तालमा डुंगा उद्घाटन कार्यक्रमको उद्घोषण गरेका थिए।