☰ open Loading... 5 February 2025|  

मध्य र पश्चिमी तराईमा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने
पश्चिम नेपाल   | ३२ जेष्ठ २०८१, शुक्रबार ०७:१८

मौसम पूर्वानुमान महाशाखाले देशको मध्य तथा पश्चिमी तराई क्षेत्रमा आजदेखि तीन दिनसम्म तापक्रम बढ्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ।

महाशाखाले बिहीवार सार्वजनिक गरेको बुलेटिन अनुसार देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्न आग्रह गरेको हो।

महाशाखाले ती भू–भागहरूमा आजदेखि असार २ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुँदा त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।