☰ open Loading... 24 October 2024|  

बस दुर्घटना: ६ जना घाइते
पश्चिम नेपाल   | ८ असार २०८१, शनिबार १३:२१

काठमाडौंबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

रात्री बस शनिबार बिहान ३ बजेर ४० मिनेटको समयमा तनहुँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अपिल बोहोराले जानकारी दिएका छन्।उनका अनुसार आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ट्राफिक पोष्टस्थित पृथ्वीराजमार्ग सडक खण्डमा ना ५ ख ४३७४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित दुर्घटनमा भएको हो।

दुर्घटनामा घाइतेमध्ये आबुखैरेनी अस्पतालमा कास्कीका सुनिता गुरुङ, रेशम सुनुवार, संगिता तिवारी, संदिप तिवारीका साथै धादिङका सुरक्षा कडेंल र टेकनाथ कडेलको उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।