☰ open Loading... 22 September 2024|  

कृषकलाई सम्मान तथा पुरस्कार
यामराज बिष्ट   | २३ असार २०८१, आईतवार ०८:०८

दैलेख– कृषि पेशामा राम्रो गरेका दैलेख५५जना कृषकलाई पुस्कार प्रदान गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कृषि विकास कार्यालय दैलेखले कृषक पुरस्कार प्रदान गरेको हो।
उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत कृषि विकास कार्यालयले ५५जना किसानलाई नगद सहित सम्मान गरेको कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिए ।उनले प्रोत्साहन स्वरुप ५५जना कृषकलाई १५हजार नगद सहित सम्मान गरिएको बताए ।आर्थिक बर्षमा ६जना ब्यवसाय गरेका कृषकलाई समेत ३हजार नगद सहित सम्मान गरिएको उनले जानकारी दिए ।
यस्तै मूख्यमन्त्री उकृष्क पुरुस्कार कार्यक्रम तरकारी खेती गरिरहेका डुवेश्वर गाँउपालिका– ६देवेन्द्र गोदारलाई प्रथम पुरस्कार दिइएको छ । उनलाई प्रमाणपत्र सँगै नगद ४० हजार रुपैयाँसहित सम्मान गरिएको छ । तरकारी खेती गरिरहेका नारायण नगरपालिका–२ का रेशमबहादुर थापाले दोस्रो पुरस्कार पाए । उनलाई ३० हजार रुपैयाँ र प्रमाणपत्रले सम्मान गरिएको छ । भगवतीमाई गाँउपालिका–७का धुर्ब कुमारी बिशीले तेस्रो पुरस्कार पाएकी छन् । उनलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र दिइएको छ ।
कार्यक्रममा कृषकलाई प्रोत्साहन गर्दै व्यावसायीक उत्पादनमा जोड दिन सबैलाई नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले आग्रह गरे ।यस्ता खाले कार्यक्रमले किसानलाई हौसला प्राप्त हुने र उत्पादन वृद्धिमा टेवा पुग्ने उनले बताए ।

उत्कृष्ट कृषकलाई पुरस्कार कार्यक्रमले अरुलाई पनि कृषि कर्ममा लाग्न प्रेरित गर्न सहयोग पुग्ने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले बताए। उनले अझै जिम्मेवारी र चुनौती पनि काधमा थपिएकाले अझै उदारणीय काम समेत गर्न आग्रह गरे ।