☰ open Loading... 22 September 2024|  

सुनको मूल्य हालसम्मकै उच्च
पश्चिम नेपाल   | २३ असार २०८१, आईतवार १२:१७

स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

आइतबार एकैदिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ।

यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज त्यो रेकर्ड तोडिएको छ।

त्यस्तै चाँदीको मूल्य आइतबार तोलामा २० रुपैयाँ बढेको छ।

शुक्रबार प्रतितोला १ हजार ८७० रहेकोमा आइतबार १ हजार ८९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।