☰ open Loading... 21 September 2024|  

आज यी नदीमा बाढीको जोखिम उच्च
पश्चिम नेपाल   | २३ असार २०८१, आईतवार १६:१६

देशभर मनसुन सक्रिय भएसँगै विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । अविरल वर्षासँगै बाढी पहिरोका घटना बढिरहेका छन् ।

बाढी पूर्वानुमान महाशाखाले आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ ।

त्यसैगरी आज आज झापा, मोरङ, सुनसरी, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, बारा, गोरखा, कास्की, अर्घाखाँची, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, प्युठान, म्याग्दी, पर्सा, चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, जाजरकोट, सुर्खेत, अछाम, बाजुरा, बैतडी, बझाङ र आसपासका जिल्ला भई बहने अधिकांश नदीमा बाडीको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।