☰ open Loading... 21 September 2024|  

कर्णाली प्रदेशमा बिहानदेखि विद्युत् अवरुद्ध
पश्चिम नेपाल   | २३ असार २०८१, आईतवार १६:१९

कर्णालीमा आइतबार बिहानदेखि विद्युत् अवरुद्ध भएको छ । सुर्खेत जिल्ला अन्तर्गत लेकबेशी नगरपालिका–६, हिलेशोतामा रुख ढलेर विद्युत् तारमा क्षति पुर्‍याउँदा विद्युत् अवरुद्ध भएको हो ।

कोहलपुर–सुर्खेत ३३ केभी अन्तर्गतको मुख्य लाइन अवरुद्ध भएपछि सुर्खेत, दैलेख, कालिकोट हुँदै माथिल्लो कर्णालीमा जिल्लाहरू विद्युत् विहीन बनेका हुन् ।

विद्युत् तार बनाउन अझै केही समय लाग्ने विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रका सूचना अधिकारी बेनी नेपालीले रातोपाटीलाई बताए ।