☰ open Loading... 21 September 2024|  

पहिरोले सुर्खेत–दैलेख सडक पनि अवरुद्ध
पश्चिम नेपाल   | २३ असार २०८१, आईतवार १६:२१

अविरल वर्षातका कारण पहिरो गएर सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरदेखि दैलेख सदरमुकाम जोड्ने उक्त सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू आवतजावत रोकिएको छ ।

उक्त सडकको गुराँस गाउँपालिका–४ तालपोखरी र रिठाको बिचमा पहिरो गएको हो । दैलेख प्रहरीका अनुसार बाटो पूर्ण रूपमा अवरुद्ध भएको र बाटो खुलाउने पहल भइरहेको छ ।