☰ open Loading... 21 September 2024|  

जेलर एक लाख घुस र स्रोत नखुलेको ५० हजारसहित पक्राउ
पश्चिम नेपाल   | २३ असार २०८१, आईतवार १८:२१

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) कारागार कार्यालयमा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोदकुमार दत्त एक लाख रूपैयाँ घुस र स्रोत नखुलेको ५० हजार रूपैयाँसहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उनलाई आइतबार कारागारमा रहेको कारागार प्रशासकको निवासबाट उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीलाई काम गरेबापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी घुस माग गरेको सूचनाका आधारमा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

घुस लिइसकेको अवस्थामा पक्राउ परेका उनीबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।