☰ open Loading... 24 February 2025|  

एक महिनामा ६२ जनाको मृत्यु
पश्चिम नेपाल   | २३ असार २०८१, आईतवार २१:३१

मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु,चार जना बेपत्ता र ९० जना घाइते भएका छन्।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो। केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एकगरी नौ जनाको मृत्यु भएको छ। बाढीकै कारण दुई जना बेपत्ता छन्। पाँच घरमा पूर्ण रुपमा क्षति पुगेको छ। ११ घरमा आंशिक क्षति भएको छ।

पहिराका कारण ३४ जनाले ज्यान गुमाएका छन्। पहिराले दुई जना बेपत्ता र ३८ जना घाइते भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। पहिराले ४३ घर पूर्ण रुपमा क्षति भएको छ। २४ घरमा आंशिक क्षति पुगेको छ। १९ वटा गोठमा क्षति भएको छ भने १२ जना घाइते भएका छन्। ११ घर पूर्ण रुपमा र छ घर आंशिक रुपमा क्षतिग्रस्त छन्।