☰ open Loading... 21 September 2024|  

सुर्खेतमा खोलाले बगाउँदा बालिका बेपत्ता
पश्चिम नेपाल   | २३ असार २०८१, आईतवार २१:३५

सुर्खेतमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन्। सुर्खेतको सिम्ता गाउँपालिका–९ खान्मकी ९ वर्षीया मनीषा बादी खोलाले बगाउँदा बेपत्ता भएकी हुन्।

आइतबार दिउँसो स्थानीय कुदाल खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।