☰ open Loading... 20 September 2024|  

वर्षा भोलि (सोमबार)देखि घट्ने
पश्चिम नेपाल   | २३ असार २०८१, आईतवार २१:३९

शुक्रबारदेखिको झरी सोमबार थामिने भएको छ। तर, कोशी र गण्डकीमा भने सोमबार पनि वर्षा कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै न्यूनचापीय रेखा भोलिदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आउने देखिएको जनाएको छ।

‘भोलिदेखि नेपालमा वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ। तर, भोलिदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।