☰ open Loading... 20 September 2024|  

६ दिनदेखि कर्णालीका जिल्लामा हवाई सेवा रोकियो
पश्चिम नेपाल   | २४ असार २०८१, सोमबार २१:०८

लगातार पानी परेपछि कर्णाली प्रदेशका हिमाली जिल्लामा पाँच दिनदेखि हवाईसेवा अवरुद्ध भएको छ ।

यही असार १९ गतेयता कर्णालीका चार हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण, सिमिकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार डोल्पा, मुगु, जुम्ला र हुम्लामा हवाई उडान अवरुद्ध छ ।

नेपालगन्जबाट तारा, सीता र समिट एयरको जहाजले हिमाली चार जिल्लाका लागि उडान भर्ने तयारी गरे पनि मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको हो ।

हवाईसेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता हुने तयारी गरेका पर्यटकहरू चीनको ताक्लाकोटबाट तिब्बती हुँदै केरुङ हुँदै काठमाडौँ फर्किएका छन् । मानसरोवर कैलाशको दर्शन गरेर फर्केका आठ जना भने सिमिकोटबाट हेलिकप्टरबाट नेपालगन्ज फर्कनेका छन् ।