☰ open Loading... 21 September 2024|  

मौसममा सुधार आएपछि हवाई सेवा सुचारु
पश्चिम नेपाल   | २६ असार २०८१, बुधबार २०:०७

मौसममा सुधार आएपछि मुगुमा मंगलबारदेखि हवाई सेवा सुचारु भएको छ । वर्षाका कारण एक सातादेखि हवाई सेवा अवरूद्ध भएको थियो ।

रारा हवाई नागरिक उडडयन प्राधिकरणका प्रमुख श्रीकृष्ण रिजालकाअनुसार मौसममा सुधार भई घाम लागेपछि नेपालगञ्जबाट समिट र तारा एयरले रारा बिमानस्थलमा दुई फ्लाइट उडान गरेका छन् ।

भीषण वर्षाले गर्दा मुगुमा हवाई र सडक यातायात अवरुद्ध हुँदा जिल्लाबासी आवत जावत गर्न सकिरहेका थिएनन् ।