☰ open Loading... 20 September 2024|  

१२ जना विरुद्ध १ अर्बको मुद्दा
पश्चिम नेपाल   | २७ असार २०८१, बिहीबार ०६:०५

कृषि विकास बहुउदेश्यीय सहकारीको रकमले टीभीदेखि अस्पतालसम्म लगानी गरी बचतकर्ताको रकम अपचलन गरेको आरोपमा १२ जना विरुद्ध मुद्दा दायर भएको छ ।
करिब एक अर्ब अपचलन गरेको आरोपमा उक्त सहकारीका सञ्चालकसहित १२ जनालाई प्रतिवादी बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

१ असारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको ब्यास नगरपालिका–११ घर भई काठमाडौंको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णीकार, सहकारीका सदस्यद्वय भीमसेन महर्जन र सञ्जय सापकोटालाई पक्राउ गरेर जिल्ला प्रहरी प्रहरी परिसर ललितपुरलाई बुझाएको थियो ।

२५ दिन लामो अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुर पठाइएकोमा ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।