☰ open Loading... 13 July 2024|  

राष्ट्रिय युवा प्रतिभा सम्मान–२०८१ बाट बिसी ग्रुपका निर्देशक बुढा सम्मानित
पश्चिम नेपाल   | २७ असार २०८१, बिहीबार १६:४२

राष्ट्रिय युवा प्रतिभा सम्मान–२०८१ बाट बिसी ग्रुप फाउण्डेशन कर्णाली प्रदेशका निर्देशक तथा युगआह्वान राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक÷सम्पादक दीपककुमार बुढा क्षेत्री सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयबाट उनी सम्मानित भएका हुन् ।
लघु उद्यम, शिक्षा र रोजगारीको क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशिलता, उद्यमशिलता र सकारात्मक सोच प्रवाहित गर्न योगदान पु¥याएकाले यसको उच्च मुल्याङ्कन गर्दै सम्मानपत्र प्रदान गरिएको छ ।

बुढालाई युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले जनही १ लाख रुपैयाँसहित राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१ बाट सम्मानित गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालयमा आयोजना गरेको एक समारोहमा सो पुरस्कार प्रदान गरेको हो । मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्दै आएबमोजिम यस वर्ष यो पुरस्कार प्रदान गरेको हो ।

बुढाको १४ वर्षे व्यवसायिक यात्रा
‘गुड्ने–उड्ने, लाउने–खाने, हाँस्ने खेल्ने’ मुलमन्त्र बोकेर व्यवसायिक यात्रामा सक्रिय ३३ वर्षीय दीपककुमार बुढाक्षेत्री, तीन वर्षयता वीरेन्द्रनगर–१२, एयरपोर्ट सुर्खेतमा छन् । उनको परिवारमा आमा, एक भाई, श्रीमति, एक छोरी र एक छोरा छन् । हाल बिसी ग्रुप फाउण्डेशन कर्णालीको अध्यक्ष, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सचिवको जिम्मेवारीमा छन् । उनले आफ्नै लगानी, मेहनत र परिश्रमबाट २४ वर्ष पुरानो कर्णाली प्रदेशमै पहिलो राष्ट्रिय स्तरको दैनिक पत्रिका युगआव्हान तथा युगन्यूज मिडिया ग्रुपका प्रकाशक तथा सम्पादकको जिम्मेवारीमा रहेर मिडिया उद्यम सञ्चालन गरिरहेका छन् । कर्णाली प्रदेशको एक सफल युवा व्यवसायी तथा सञ्चार उद्यमीका रुपमा उनले पहिचान बनाएका छन् ।

दीपक विसं २०६३ सालमा पत्रिका वितरक (हकर) बाट शुरु गरेर हाल प्रदेशकै अग्रणी मिडिया उद्योगीका रुपमा स्थापित भए । पत्रकारिता सुरुवातको सम्पूर्ण श्रेय बाल क्लवलाई दिने उनी विसं २०५९ सालमा नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय जर्वुटा गाग्रेताल सुर्खेतमा कक्षा–६ मा पढ्दै गर्दा पहिलोपटक बाल क्लवमा आवद्ध भएका थिए । त्यतिबेला समाज जागरण केन्द्र (स्याक) नेपाल मार्फत विद्यालय र समूदायमा बाल क्लव गठन गरिएका थिए ।

बाल क्लव, गाविस स्तरिय बाल सञ्जाल, इलाका स्तरिय बाल सञ्जाल हुँदै वि.सं. २०६२ देखि २०६४ सालसम्म जिल्ला बाल मञ्च सुर्खेतका सचिव र जिल्लाका बाल क्लवका गतिविधि र बाल प्रतिभाहरु लिपिबद्ध गर्ने बालदीप अर्धवार्षिक बुलेटिनको सम्पादक जिम्मेवारी पुरा गरेको अनुभव छ ।

तत्कालिन सशस्त्र द्धन्द्धबाट दीपकको परिवार पनि अछुतो रहन सकेन । द्धन्द्धका कारण उनको परिवार विस्तापित भएर लेखपराजुल–१ मनिरामकाँडाबाट सुर्खेत उपत्यका आएको हो । विस्तापित भएर वीरेन्द्रनगर झरेपछि बुढा परिवारका दुःखका दिन सुरु भए । परिवारमा आम्दानीको कुनै स्रोत नहुँदा र द्धन्द्धले गाउँ फर्किने अवस्था नहुँदा केही वर्ष अर्काले अधिँया लगाएको खेतबारीमा काम गरेर गुजारा चलाउनुपरेको थियो ।

मासिक शुल्क तिर्न नसकेपछि…
बुवाआमा गाउँमा खेती किसानी गर्थे । विस्थापित भएर सहर पसेपछि उनको परिवारको घर खर्च, दैनिकी, पढाइ लेखाई खर्च महँगीयो । उनी भन्छन्, ‘परिवारलाई वर्षभरी अन्न जोहो गर्न अधिया (आधा–आधा) मा खेत रोप्न थाल्यौं, आमाले बदाम बेच्ने, मकै पोल्ने, गाउँबाट ल्याएर कुच्चो बेच्ने काम गरी दैनिकी चलाउनुहुन्थ्यो ।’

आर्थिक अभावमै उपचार खर्च जुटाउन नसकेर दीपकले सहोदर भाईलाई उपचारकै क्रममा भेरी अञ्चल अस्पतालमा गुमाउनुप¥यो । कक्षा–८ मा पढ्दै गर्दा भाईको उपचारमा खटिँदा पहिलो वर्ष पढाई बिग्रियो । दोस्रो वर्ष पढाइलाई निरन्तरता दिएपछि कक्षा–८ को जिल्ला स्तरिय परीक्षा थियो । सामुदायिक विद्यालय भएकाले मासिक फि कक्षा अनुसार फरक फरक थियो । मासिक ८०।– वार्षिक ९६०।– रुपैयाँ विद्यालयलाई बुझाउनुपथ्र्यो । ‘आर्थिक अवस्था कमजोर भएकाले उक्त शुल्क बुझाउन सकिएन, शुल्क तिर्न नसकेपछि कक्षा तेस्रो स्थानमा उत्तिर्ण हुँदा पनि नतिजा प्रकाशित नभएर त्यसमा खाली राखेर सबैको नतिजा विद्यालयले प्रकाशित गरेको थियो, दीपक तिता क्षण सम्झँदै भन्छन्, ‘३ महिनासम्म पनि कुनै उपाय नलागेपछि बाल क्लव, विद्यालयमा चर्चा परिचर्चा सुरु भयो ।

प्रधानाध्यापक नेत्रमणी चालिसेले साथीभाई मार्फत घर खबर पठाउनुभयो । विद्यालय आउनु भनेपछि विद्यालय जान थालियो ।’ कक्षाको फि र शैक्षिक सामाग्री जिल्ला बाल कल्याण समिति र त्यसका बाल कल्याण अधिकारी रमा भण्डारी, स्याक नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्य लगायतले सहयोग गरेका थिए । त्यस्तै आवाज संस्थाबाट पनि मासिक शुल्क बुझाउने गरी छात्रवृत्ति प्राप्त गरेपछि पढाइलाई निरन्तरता दिन सजिलो भएको थियो ।

दीपक पढाइसंगै विभिन्न बाल गीत, वक्तृत्वकला, हाजिरीजवाफ, नाटक प्रतियोगिताहरुमा सक्रियतापूर्वक सहभागी हुँदै संधै पुरस्कार प्राप्त गर्थे । बाल क्लबमा रहँदा एक सयको हाराहारीमा प्रमाणपत्र, सम्मान पत्र तथा पुरस्कारहरु अहिले पनि सुरक्षित छन् । २०६३ सालमा ७१ प्रतिशत अंक ल्याएर एसएलसी उत्तिर्ण भएका दीपक बाल क्लवले पढाइ बिगार्ने हैन नतिजा थप राम्रो बनाएको, समकालिन साथीहरुमा प्रतिस्पर्धी बनाएको, बोल्न सक्ने, लेख्न सक्ने क्षमता दिएकोमा गौरवान्वित हुन् । विभिन्न तालिम, गोष्ठी, जीवन सिकाईको अवसरहरु जुटाएको, मेरो अहिलेको यात्रासम्म आई पुग्ने लक्ष्य, उद्देश्य निर्धारण गरी पुग्ने सहज बाटो बनाइदिएको उनको बुझाइ छ । त्यसैले उनी आफ्नो त्यो बाल क्वलप्रति श्रद्धा, सदभाव तथा मुल कर्म, मुल पेशा व्यवसायिक पत्रकारिता प्रति गर्भ गर्छन् ।

भित्ते पत्रिकाबाट सञ्चार उद्यमी
वास्तवमा दीपकको पत्रकारिताको जग टाईगर बाल क्लव लाटीकोइली–९ पदमपुरबाट प्रकाशित भित्ते पत्रिकाबाट भएको हो । बालबालिकाहरुको प्रतिभालाई कलात्मक बनाउँदै भित्ते पत्रिका तयार गरेर समुदायका सबैले देख्ने गरी उपयुक्त सार्वजनिक स्थानहरुमा टाँस्ने गरिएको थियो । आवाज विहिनहरुको आवाज बन्ने, समुदायका गतिविधि बाहिर ल्याउने, अन्याय, अत्याचार, अनियमितता, भ्रष्टाचारलाई बाहिर ल्याउने एउटा सम्मानित पेशा पत्रकारिता भएको बुझाईसंगै पत्रकारिताप्रतिको रुचि, लगाव, क्रियाशिलता बढ्दै गएको थियो ।

बाल क्लवबाट समुदायमा गरिएका विभिन्न गतिविधिहरुलाई उनले आफै विवरण तयार गरेर रेडियो भेरी एफ.एम, बुलबुले एफ.एम., जागरण एफ.एम., पत्रिका काँक्रेविहार, लोकमञ्च दैनिकमा समाचार, फोटो दिने र समाचार छापिएर पत्रपत्रिका संकलन गरे । उनी भन्छन्, ‘रेडियो र पत्रिकामा नाम आएपछि फुरुङ्ग भइन्थ्यो, बालदिप अर्धवार्षिक बुलेटिनको सम्पादक भएपछि पत्रकारिताको अभ्यास गर्ने, सिक्ने अवसर मिलेको थियो ।’

घरको आर्थिक अवस्था कमजोर भएकाले एसएलसी पास गरेपछि आफ्नो पढाइ खर्च जुटाउनका लागि पनि काम खोज्नै पर्ने बाध्यता थियो । त्यही समयमा सेभ द चिल्ड्रेन र स्याक नेपाल मार्फत उनलाई ६ महिने मोटरसाइकल मर्मतको आवासीय तालिम सानोठिमी भक्तपुरबाट लिने अवसर मिल्यो । उक्त तालिमबाट फर्किपछि करिव ३ महिना काठमाडौंबाट सुर्खेत आउने नयाँ पत्रिका दैनिकको वितरण भएर काम गरे । उनी पत्रकारिताको त्यो बेलाको करिअर यसरी सुनाए, ‘काम गर्दा गर्दै संयोग नै भन्नुपर्छ आफैले समाचारको विवरण र फोटोहरु दिँदै आएको लोकमञ्च दैनिकमा जागिर खुल्यो । आवेदन दिएँ । मासिक रु. १५००।– पारिश्रमिक पाउने गरी रिपोटर पदमा करारमा नियुक्ति पाएँ ।’

पत्रकारिताको जागिर गर्दै गर्दा विभिन्न मिडिया हाउसमा आवद्ध भए । २०६७ सालदेखि युगआव्हान दैनिक पत्रिकाको रिपोर्टर हुँदै हाल उक्त पत्रिकाको प्रकाशक÷सम्पादक छन् । उनको पत्रकारिता यात्रा शुरु गरेको १८ वर्ष पुगेको छ । १५ वर्षको कलिलो ठिटो हुँदा यही समयमा हकर (पत्रिका) वितरकदेखि उद्यमीसम्मको अनुभव छ, दीपकसंग । उनको संस्थामा हाल हकर, सम्वाददाता, ग्राफिक डिजाइनर, डेक्स सम्पादकसम्म २२ जना र अन्य व्यवसाय गरी ५५ जनाभन्दा बढी युवाहरुलाई उनले रोजगारी दिएका छन् ।

पत्रिका बिक्रीबाट व्यवसायमा
दीपकले युगआव्हान दैनिक पत्रिका र पत्रकारिता पेशासंगै व्यवसायलाई समेत अगाडि बढाएका छन् । वि.सं. २०६७ सालमा दर्ता भई विज्ञापन संकलन गर्ने र काठमाडौंबाट आउने गोरखापत्र, नागरिक, कान्तिपुर दैनिक पत्रिका बिक्री गर्ने पहिलो व्यवसायीक फर्म अल्फा कम्यूनिकेशन कर्नर एण्ड बिज्ञापन एजेन्सी हो । उनले २०६९ साउन १ गतेदेखि श्रीमति हिमकुमारी उपाध्यायको नाममा भवानी छापाखाना, सुर्खेत खरिद गरी २०७० बैशाख १६ गते समेत सञ्चालन गर्दै आएका छन् ।

त्यसपछि वि.सं. २०७१ सालमा गंगामाला ट्राभल्स एण्ड टुर्स प्रा.लि., भवानी अर्डर एण्ड सप्लायर्स, सिद्धि बिनायक आयल स्टोर, सिद्धि विनायक छापाखाना, रारा उर्जा विकास कम्पनी लगायत करिव १९ वटा फर्म सञ्चालनमा रहेका छन् । बुढा दम्पतिको विभिन्न क्षेत्रका व्यवसायमा मात्रै करिव ३० करोड बढीको लगानी छ । ती व्यवसायमा वार्षिक २५ करोडको हाराहारीमा कारोबार हुने गरेको छ । परिवारका सबै सदस्यहरुलाई व्यवसायमा जोड्दै सामाजिक कार्य गर्नका लागि साझा संस्था विसी ग्रुप फाउण्डेशन समेत सञ्चालनमा ल्याइएको छ ।

फाउण्डेशनको दीपक अध्यक्षको भूमिकामा रहेर विभिन्न सामाजिक कार्यहरुको नेतृत्व गर्दै आएका छन् । यो संस्थाले भूकम्प प्रभावित जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ जाजरकोटको सरस्वती प्राथमिक विद्यालय बडकुलेका भूकम्प प्रभावित ११५ जनाभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री करिव २ लाख बराबरको वितरण गरिएको थियो ।

भावी योजना

दीपकले देशभित्रै सम्भावनाको खोजी गर्दै १९ वर्षकै किशोरावस्थामा उच्च मावि र क्याम्पस तह पढ्दै व्यवसायको सुरुवात गरे । व्यवसायमा आवद्ध भएको १४ वर्षमा व्यवसायका विभिन्न क्षेत्रमा कर्णाली प्रदेशमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन् । २० हजारबाट सुरुभएको कम्प्यूटर डेक्सटप, पत्रिका विक्रि कर्नर अहिले जर्मनमा निर्मित अत्याधुनिक हाइडलवर्क फोरकलर, ट्राभल्समा सुविधासम्पन्न फोरह्वील गाडीसम्म पुगेको छ । व्यवसायिक क्षेत्रमा मात्रै ३० करोडबढीको लगानी भैसकेको छ । ‘गुडने–उड्ने–पढ्ने लेख्ने ः लाउने–खाने–हाँस्ने खेल्ने’ मुल मन्त्रलाई आत्मसाथ गरी व्यवसायका क्षेत्रमा चौतर्फी बृद्धि विकास गरिँदै लगिएको छ ।
गुडने–उड्ने ः– गंगामाला ट्राल्भस एण्ड टुर्स प्रा.लि. को माध्यमबाट जमिनमा गुडाउनेदेखि आकाशमा उडाउने सम्मका विभिन्न पर्यटकीय गतिविधिहरु एक दशकदेखि गरिँदै आएको छ ।

पढ्ने–लेख्ने ः सुर्खेतमा भवानी छापाखाना, जाजरकोटमा सिद्धिविनायक अफ्सेट, डोल्पामा त्रिपुरासुन्दरी अफ्सेट प्रेस, कोहलपुरमा रारा प्रिन्टिङ तथा पव्लिकेशनबाट शैक्षिक गतिविधिजन्य कार्यहरु गरिँदै आएको छ । आम सञ्चार माध्यम युगआव्हान राष्ट्रिय दैनिक तथा युगन्यूज मिडिया ग्रुप (युगन्युज डट कम, जब कर्णाली डट कम, टेण्डर कर्णाली डट कम, इबजार डट कम) माध्यमबाट पढ्ने, लेख्ने शैक्षिक गतिविधिहरु सञ्चालन गर्दै आइएको छ ।

लाउने–खाने ः कर्णाली प्रदेशको पहाडी जिल्लामा पाईने स्थानीय कच्चा पदार्थमा आधारित अल्लो, केरा, भाँगोमा आधारित रहेर गार्मेन्ट उधोगका लागि आवश्यक पर्ने कपडा उत्पादनको प्रारम्भिक चरण धागो उत्पादनमा अध्ययन–अनुसन्धान जारी छ । केही समयमा त्यसले उधोगको रुप ग्रहण गर्नेछ । दाजु कर्ण बहादुर बुढाको स्वामित्वमा रहेको र विसी ग्रुपमा आवद्ध सामेल एग्रीकल्चर प्रा.लि. को माध्यमबाट दैनिक उपभोग्य तरकारी उत्पादनतर्फ अग्रसर हुँदै अत्याधुनिक टनेल प्रविधिमा आधारित व्यवसायीक तथा बेमौसमी तरकारी उत्पादनलाई अगाडी बढाइएको छ । भने हस्पिटालिटीको क्षेत्रमा प्रवेश गर्नका लागि अध्ययन भैरहेको छ ।

हाँस्ने–खेल्ने ः पर्यटकीय गतिविधिका साथै कला, साहित्य, गीत, संगितलाई थप व्यवसायीक बनाउँदै फनपार्क, चिल्ड्रेन पार्क जस्ता मनोरञ्जनका विभिन्न क्षेत्रमा पनि लगानीलाई विस्तार गर्ने आगामी योजना रहेको छ ।

अन्तमा
कर्णाली प्रदेशमा सञ्चार उद्यमलाई परिस्कृत व्यवस्थित, डिजिटल बनाउने र अगाडि बढाउने बुढाको चाहाना छ । मिडियालाई विशेषगरी कोहलपुर सेन्टर बनाई लुम्बिनी, कर्णाली र सुदुरपश्चिम केन्द्रीत गर्ने योजना रहेको छ । पर्यटनतर्फ ट्राभल्स एण्ड टुर्सको क्षमता वृद्धि गरी देशभित्र र बाहिर पर्यटकलाई गुडाउने–उडाउने, यात्रादेखि बास, गासदेखि कपाससम्मको सुविधा उपलब्ध गराउने योजना छ ।

कर्णालीमै रहेका कच्चा पदार्थमा आधारित शुद्ध लोक्तामा आधारित नेपाली हातेकागज, अल्लो–केरा–बाँस–भाँगोबाट धागो उत्पादन गर्नका लागि उधोग स्थापना तथा सञ्चालन, वैकल्पिक शौर्य उर्जा, जलविद्युतका क्षेत्रमा लगानी गर्नुका साथै व्यवसायका विभिन्न क्षेत्रहरुको अध्ययन, अनुसन्धान पहिचान गरी वर्षेनी लगानी बढाउने, रोजगारीको सृजना गर्दै करिव एक हजार व्यक्तिलाई प्रत्येक्ष रोजगारी दिने र बार्षिक एक अर्ब बढीको व्यवसायिक कारोबार गर्ने दिर्घकालिन योजना रहेको छ । विसी ग्रुप फाउण्डेशनलाई सामाजिक कार्य गर्ने गरी संस्थागत रुपमा अगाडि बढाउने र वार्षिक कमाईको केही प्रतिशत सामाजिक उत्तरदायित्वतर्फ सेवामूलक, मानविय सहायताका कार्य, सिमान्तकृत तथा जोखिममा रहेका महिला तथा बालबालिकाको क्षेत्रमा खर्च गर्ने मेरो सपना रहेको छ । अबको १० वर्षभित्र व्यवसायिक क्षेत्रलाई संस्थागत, व्यवस्थित गरी सामाजिक कार्यमा सक्रिय हुँदै पूर्णकालिन समाजसेवामा होमिने योजना रहेको छ ।