☰ open Loading... 20 September 2024|  

बढ्यो ८ सयले सुन
पश्चिम नेपाल   | २७ असार २०८१, बिहीबार १६:४८

स्थानीय बजारमा बिहीबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो।

यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो। यस्तै,तेजाबी सुन तोलामा १ लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ८८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।