☰ open Loading... 20 September 2024|  

बगैंचामै आँप छान्दै ग्राहक
पश्चिम नेपाल   | २७ असार २०८१, बिहीबार १६:५७

सुर्खेतको लेकबेंसी नगरपालिका –४ स्थित कृषि अनुसन्धान निर्देशनालयभित्र रहेको आँपको बगैंचामा किनेर घर लान आँप छान्दै ग्राहकहरु । निर्देशनालयले ठेकेदार मार्फत आँप बेच्ने गरेको छ । सस्तोमा ठेक्का लिएर ठेकेदारले बगैंचामै मंहगोमा विक्रि गर्ने गरेको छ । ५० रुपैँया काँचो आप र ६० रुपैँया पाकेको आँप रुखमै विक्रि गर्ने गरेको छन् । १ लाख ६६ हजार रुपैँयामा आँप र लिची ठेक्का लिएको निर्देशनालयले जनाएको छ ।