☰ open Loading... 19 September 2024|  

पूर्व पश्चिम राजमार्गको पसाहा पुल नजिकै बस दुर्घटना, १४ जना घाइते
पश्चिम नेपाल   | २७ असार २०८१, बिहीबार २१:००

पूर्व पश्चिम राजमार्गको पसाहा पुल नजिकै आज बिहान १० बजेतिर बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मलंगवाबाट पर्साको बीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बाराको पसाह खोला नजिकै पल्टिँदा १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए ।

भारी वर्षा भइरहेको समयमा तीव्र गतिमा रहेको बसले ओभरटेक गर्न खोज्दा पल्टिन पुगेको प्रहरीले अनुमान गरेको छ ।

दुर्घटनामा घाइते भएकामध्ये रौतहटको बिन्दावन नगरपालिका १ बस्ने ४२ वर्षीय संझा देवीको अवस्था गम्भीर रहेको छ । छातीमा चोट लागेको हुँदा प्राथमिक उपचारपछि सिमरा सरकारी अस्पतालबाट उनलाई ब्योधा अस्पताल पर्सामा रिफर गरिएको छ ।

यस्तै दुर्घटनामा घाइते भएका १४ जनामध्ये तीन जनाको अवस्था सामान्य रहेको बताइएको छ । बाराको निजगढ नगरपालिका ०९ बस्ने ३६ वर्षीय तिरजा उपरेती, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ बस्ने ४८ वर्षीय रामबाबु चौधरी र बाराको जीतपुर सिमरा उपमहानगरपालिका ३ बस्ने २० वर्षकी लक्ष्मी घिसिङको अवस्था सामान्य रहेको छ ।