☰ open Loading... 20 September 2024|  

विवाह गर्दा वडाको सिफारिस
यामराज बिष्ट   | २८ असार २०८१, शुक्रबार ०५:१०

 

 


दैलेख–दुल्लु नगरपालिका –१२ ले विवाह गर्दा अबदेखि वडाको सिफारिस अनिवार्य गरेको छ । उमेर नपुग्दै विवाह गर्नेको संख्या बढेपछि वडा कार्यालयले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागु गरेको हो ।
असार २१गते बसेको वडा समितिको बैठकले साउन १ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको दुल्लु नगरपालिका –१२ का वडाध्यक्ष लिलाराम लम्साल जानकारी दिए ।
उनले साउन १गतेदेखि उक्त वडाभित्र विवाह गर्ने जोसुकैले अनिवार्य वडाको सिफारिस लिनुपर्ने बताए । विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने कानुनी रूपमा व्यवस्था छ । ‘सोहीबमोजिम वडाले सिफारिस दिने’ वडाध्यक्ष लम्सालले  भने ।

कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न रोक्न सिफारिस अनिवार्य गरेको उनले बताए । वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको जनाएको छ ।
कानुनीरूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्मदर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने छ ।