☰ open Loading... 20 September 2024|  

दैलेखलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
यामराज बिष्ट   | २८ असार २०८१, शुक्रबार १६:३०

दैलेख । दैलेख जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच स्वास्थ्य सेवा कार्यालय दैलेखले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो।
जिल्लाका११ वटै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले बताए। उनले बालबालिका थोरै भएकोले निश्चित ठाउँमा लगानी गर्नुपर्ने बताए ।
दैलेख जिल्लामा जन्मेदेखि १५ महिना मुनिका ५ हजार तीन सय ६जना बालबालिका र छुट्टै १६ महिनादेखि ५९महिना मुनिका १४ हजार ९ सय ६४ जना बालबालिकामध्ये सर्वेक्षण गर्दा भेटिएका ७३जना बालबालिकालाई नियमित खोपमा छुट शुन्य डोज भएका बालबालिका दादुरा रुवेला खोप अभियानमा २८जना खोज र खोप अभियान अन्र्तरगत३जनासबै पूर्ण खोप पाएको सुनिश्चित गरिएको छ।
यस्तै कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सचेतना अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले खोप सेवा प्रभावकारी भएकोे बताए ।

बालबालिकाले पाउनुपर्ने सबै प्रकृतिका खोप पाएकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर धर्मराज रेग्मीले बताए । सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको उनले जानकारी दिए ।

नेपाली कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले पूर्ण खोप सुनिश्चितता घोषणा गर्न स्वास्थ्यकर्मिको महत्वपूर्ण भूमिका रहेको बताए ।उनले अझै पनि प्रचारपसारमा जोड लिनुपर्ने बताए ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले खोप अभियानलाई सहयोग गर्नेलाई धन्यवाद दिए । उनले पूर्ण खोप जिल्ला घोषणा भए पनि व्यवहार उतार्नुपर्ने बताए ।

पूर्ण खोप सुनिश्चिततासँगै यसको दिगोपना प्रभावकारी कार्यन्वयनमा विशेष ध्यान दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख नवराज शाहीले जानकारी दिए । उनले बालबालिकाले खोप पाउन स्थानीयस्तरका स्वास्थ्यकर्मी, स्वयम् सेविकाको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।