☰ open Loading... 20 September 2024|  

कर्णालीमा ३ सय १८ वटा गाउँबस्तीहरु असुरक्षित
पश्चिम नेपाल   | २८ असार २०८१, शुक्रबार २०:४०

कर्णाली विकास आयोगले ०७४ मा साबिक कर्णालीका चार जिल्लामा गरेको अध्ययनले ३१८ वटा गाउँबस्तीहरु असुरक्षित रहेको देखाएको थियो । यी बस्तीहरू बढीजसो पहिरोका कारण असुरक्षित भएको बताइन्छ ।

अध्ययनले प्राकृतिक रूपमा भिरालो हुनु, बाढी पहिरो आउनु र नदी कटानले विपद् ल्याएको विषय मात्र हेरेको थियो । त्यसबेला कर्णालीका चार जिल्लाका जम्मा १०२५ गाउँमध्ये ७०४ गाउँ अर्थात् ६९ प्रतिशत गाउँ सामान्य रूपमा सुरक्षित देखिएका थिए । यस्तै ३१८ गाउँ अर्थात् ३१ प्रतिशत गाउँ उच्च जोखिममा रहेको पाइएको थियो ।

कति बस्ती सुरक्षित