☰ open Loading... 19 September 2024|  

फेरि सुनको नयाँ रेकर्ड
पश्चिम नेपाल   | २८ असार २०८१, शुक्रबार २०:४७

शुक्रबार सुनको भाउमा फेरि नयाँ रेकर्ड बनेको छ । यसअघि आइतबार बनेको उच्च मूल्य रेकर्ड ६ दिनमै तोडिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ तोकेको छ । जुन अघिल्लो दिनको तुलनामा १८ सय महँगो हो भने हालसम्मकै उच्च हो । यसअघि गत आइतबार १ लाख ४५ हजार ४ सय रुपैयाँ मूल्य रेकर्ड बनेको थियो ।

चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १९०० कायम भएको छ ।