☰ open Loading... 19 September 2024|  

दैलेखमा ७२ प्रतिशत मुद्धा फछ्र्योट
पश्चिम नेपाल   | ३२ असार २०८१, मंगलवार ०५:३६

दैलेख– दैलेख जिल्ला अदालतले आर्थिक बर्ष०८०/८१ मा लक्ष्य भन्दा बढि मुद्धा फछ्र्योट गरेको छ । ७२.३९प्रतिशत मुद्धा फछ्र्योट  गरेको दैलेख जिल्ला अदालतले जानकारी दिएको हो ।

आर्थिक बर्षमा जम्मा४सय६० मुद्धा मध्ये ३सय ३३ मुद्धा फछ्र्योट १सय २७ बाँकी रहेको दैलेख जिल्ला अदालतले जनाएको छ ।
समय अगावै वार्षिक लक्ष्य भन्दा बढि कार्य गर्नअदालत सफल भएको दैलेख जिल्ला अदालतका न्यायधिस बलाराम लम्सालले बताए । २०७९/८० भित्र जम्मा ५सय५६ रहेकोमा४सय११ मुद्धा फछ्र्योट १सय४५ बाँकी रहेका अदालतले जनाएको हो ।

यस्तै २०७८/०८९ भित्र५स३५मध्ये३सय२४मुद्धा फछ्र्योट २सय११बाँकी ०७७/७८ मा ४सय२६मध्ये२सय४३ फछ्र्योट भएको१सय८३बाँकी रहेको बताएको छ ।

अदालतले पत्रकार बीच अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरी असार मसान्तसम्म भए गरेका कार्यहरुको बारेमा जानकारी गराएको थियो ।