☰ open Loading... 20 September 2024|  

खुलेआम कर्णालीमा नदिजन्य पदार्थ दोहन
गणेश बहादुर शाही, राकमकर्णाली दैलेख   | ३२ असार २०८१, मंगलवार ०९:३३

असारमा बन्द गरिएको नदिजन्य पदार्थमा खुलेआम दोहन गरेको पाईएको छ । नरहरिनाथ गाउँपालिका –३ स्थित कर्णाली नदिबाट खुलेआम बालुवा झिकेको पाईएको हो ।

स्थानीय ट्याक्टर ब्यवसायीले खुलेआम नदिबाट बालुवा झिकेर विक्रि गरेका छन् । नरहरिनाथ गाउँपालिकाभर यहाँबाट खुलेआम बालुवा झिकेर विक्रि गरेपनि स्थानीय पालिका र प्रहरी मौन छन् । उनीहरुले नदिबाट बालुवा झिन्न रोक्ने गरेको पाईएको छैन् । उनीहरुकै मिलोमत्तोमा ब्यवसायीहरुले बालुवा खुलेआम झिकेर लाने गरेका छन् ।

नरहरिनाथ –३ का स्थानीय अनिपाल बिष्टले नदि क्षेत्र आफ्नो जग्गामा परेको भन्दै बालुवा उत्खनन् गरिरहेको बताए । उनले पालिकादेखि प्रहरीसम्म सवैलाई भनेपनि आफुलाई असर नगर्ने बताए । उता जिल्ला प्रहरी कार्यालय कालिकोटले नदिजन्य पदार्थ वर्षातमा झिन्न बन्न भएको बताएको छ ।