☰ open Loading... 20 September 2024|  

झिल्को खबर दोस्रो वर्षमा
पश्चिम नेपाल   | ३२ असार २०८१, मंगलवार १८:४०

कटेरा मिडिया हाउस प्रा.लिद्वारा संचालित झिल्को खबर डटकमले दोस्रो स्थापना दिवस मनाएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो ।

कार्यक्रममा कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रविधिको विकाससँगै पत्रकारीताले पनि फड्को मार्दै गइरहेको बताए । डिजिटल माध्यमको पत्रकारीताले नयाँ आयम लिइरहेका बेला झिल्को खबरले सत्य, तथ्य समाचारहरु पस्किन सुझाव शाहीले दिए ।

साथै शाहीले वर्तमान राजनीतिक गतिविधिबारे पनि आफ्नो धारणा राखेका थिए । शाहीले १० वर्षे जनयुद्धको जगमा आएका उपलब्धिहरुको रक्षा गर्नु अहिलेको प्रमुख चुनौति रहेको बताए ।

झिल्को खबरका अध्यक्ष विवश कुमार सेजुवालले अझै पनि पत्रकारीता क्षेत्रमा केही सिक्न र केही गर्ने सपनासहित झिल्को खबर अगाडि बढीरहेको बताए ।