☰ open Loading... 20 September 2024|  

कुकुर मारेको निहुँमा बाबुको हत्या
पश्चिम नेपाल   | १ श्रावण २०८१, बुधबार १२:५५

घरमा पालेको कुकुरलाई हिर्काएर मारेको भन्दै एक युवकले आफनै बाबुको हत्या गरेका छन् । कुकुरलाई हिर्काएको विषयमा कावासोतीका बाबु प्रेम कुमाल र छोरा निराजनबीच झगडा भएको थियो ।

बुधबार बिहान सवा ११ बजे कावासोती नगरपालिका वडा नम्बर ५ ठकुरीचोकमा बुबा-छोराबीच झगडा भएपछि छोराले ढुंगा प्रहार गर्दा बुवा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको हो।