☰ open Loading... 20 September 2024|  

खोलाले बगाउँदा दुई जना बेपत्ता
पश्चिम नेपाल   | ३ श्रावण २०८१, शुक्रबार ०८:१२

जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । स्याली खोलाले बगाउँदा बारेकोट गाउँपालिका–३ बुढागाउँका भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा बेपत्ता भएका हुन् ।
आज दिउँसो गोठालो गएका बेला खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिसकोट नगरपालिका– १२ निवासी ५५ वर्षीय चन्द्रे पुन रहेका छन् ।

स्थानीय काफलचौर खोला तर्ने क्रममा आज बिहान बगेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।