☰ open Loading... 20 September 2024|  

इगरव्रिजको आफ्नै स्विमिङ पुल सञ्चालनमा
पश्चिम नेपाल   | ३ श्रावण २०८१, शुक्रबार १६:५५

सुर्खेतकै पुरानो इगरव्रिज आवासिय माध्यमिक विद्यालयले आफ्नै स्विमिङ पुल सञ्चालनमा ल्याएको छ । वीरेन्द्रनगर नगरपालिका –१० सुर्खेतमा रहेको विद्यालयले आफनै विद्यालय क्षेत्रमा पुलको स्थापना गरेको हो ।

विद्यालयले विद्यार्थीहरुलाई अतिरिक्त खेलका रुपमा सिकाई होस् भनेर स्विमिङ पुलको स्थापना गरेको हो । शुक्रवार एक कार्यक्रमविच पुलको औपचारिक रुपमा उद्घाटन गरिएको छ । स्विमिङ पुल ९० लाख लागतमा पुल निर्माण भएको प्रिन्सिपल दिपेन भुसालले बताए ।

स्विमिङ पुलको लम्वाई १९ मिटर र चौडाई ८ मिटर रहेको छ । ३ फिटदेखि साडे ५ फिटसम्म स्विमिङ पुलको गहिराई छ । त्यस्तै साना नानीबावुहरुको लागि छुटटै सानो ढाई फुटदेखि ३ फुटसम्मको पुल बनाईएको विद्यालयले जनाएको छ ।
सुर्खेतमै पहिलो पटक आफ्नै स्विमिङ पुल भएको विद्यालय इगरव्रिज भएको छ । खेल्न चाहने विद्यार्थीहरुलाई समय मिलाएर आलोपालो गरेर खेलाईने विद्यालयले जनाएको छ ।