☰ open Loading... 19 September 2024|  

कर्णाली प्रदेश भलिबल संघको साधारण सभा सकियो
पश्चिम नेपाल   | ४ श्रावण २०८१, शनिबार २०:४०

वीरेन्द्रनगरमा कर्णाली प्रदेश भलिबल संघको दोश्रो साधारण सभा सम्पन्न भएको छ । प्रदेशका अध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षतामा सभा सकिएको हो ।

यस साधारण सभाको अवसर पारेर कर्णाली प्रदेश भलिबल संघले ३४ औं राष्ट्रिय भलिबल प्रतियोगीता लगायतका विभिन्न गतिविधिहरुको हिसाब पुनः सार्वजनिक गरेको छ । भलिबल संघले एक वर्ष भित्र भए गरेका काम, सहभागी भएका खेल, विभिन्न गतिविधिहरु, संघ सञ्चालन प्रकृया र चुनौतीहरुका बारेमा पनि विस्तृत जानकारी समेत दिईएको थियो ।

साधारण सभामा कर्णाली खेलकूद विकास परिषदका उपाध्यक्ष सभाका प्रमुख अतिथि प्रमोद हमाल, विशिष्ट अतिथि वरिष्ठ प्रशिक्षक प्रमुख कर्णाली खेलकुद बिकास परिषदका मेघराज कठायत, सल्लाहकार चन्द्र कुमार गिरी वीरेन्द्रनगर नगरपालिका ६ का अध्यक्ष जनक रावलले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा खेलाडीहरु, पुर्व खेलाडीहरु, पत्रकारहरु, प्रशिक्षकहरु एबम् अन्य खेल सम्वन्धी संस्थाका पदाधिकारीहरु सहभागी रहेका थिए । दोस्रो साधारण सभामा ३४ औं राष्ट्रिय भलिबल प्रतियोगीता लगायतका विभिन्न गतिविधिहरुको हिसाब सार्वजनिकसंगै समिक्षासहित समापन भएको कर्णाली प्रदेश भलिबल संघका सदस्य भुपेन्द्र विसीले बताए ।