☰ open Loading... 28 September 2025|  

सुनको मूल्य १३ सय रुपैयाँले घट्यो
पश्चिम नेपाल   | ६ श्रावण २०८१, आईतवार ११:१७

स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।

गत बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो। त्यसयता सुनको मूल्य केही घटेको छ।

यसैबीच चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ।

अघिल्लो दिन प्रतितोला १८३० रुपैयाँमा कारोबार भएको चाँदी आज १८१० रुपैयाँ कारोबार भईरहेको महासंघले जनाएको छ।