☰ open Loading... 20 September 2024|  

दुई हजार भूकम्पपीडितले पहिलो किस्ता नै पाएनन्
पश्चिम नेपाल   | ५ श्रावण २०८१, आईतवार १६:४१

भुकम्प गएको आठ महिना बितिसक्दा पनि रूकुम पश्चिमका २ हजार २ घरपरिवारले पहिलो किस्ता वापतको रकम पाएका छैनन् । जिल्लाका कुल ३२ हजार ९ सय ९६ जना लाभग्राहीमध्ये २१ हजार ९ सय ९४ घरपरिवाले पहिलो किस्ता पाएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आज (आईतबार) आयोजित पत्रकार भेटघाटमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले पहिलो किस्ता पाउन बाँकी घरपरिवारका लागि रकम अपुग भएको र प्राधिकरणमा माग गरिएको जानकारी दिए ।

‘पहिलो किस्ता वापत हालसम्म ८२ करोड ४९ लाख रकम जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय विपद् व्यवस्थापन कोषमा पठाइएको छ । र अपुग माग गरिएको छ ।’ साथै दोस्रो किस्ता वापत १६ हजार लाभग्राहीका लागि ४० लाख रकम सम्बन्धित स्थानिय तहमा पठाइएको पनि प्रजिअ पन्तले बताए ।

इकान्तिपुरबाट