☰ open Loading... 20 September 2024|  

जंगली च्याउ खाँदा ५ जना बिरामी
पश्चिम नेपाल   | ५ श्रावण २०८१, आईतवार १६:४४

सल्यानको बाग्चौर नगरपालिका–४ पेदीखोलामा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् ।७५ वर्षीया सरस्वती वली, ५६ वर्षीया दिलमाया, ३२ वर्षीया दिलपुजा पुन, ११ वर्षका रेमन्त बुढाथोकी र वर्ष ८ का आचल वली बिरामी भएका हुन् ।

च्याउ खाएपछि उनीहरूलाई वान्ता आउने, पखाला लाग्ने समस्या देखिएको थियो । बिरामी परेका सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । जिल्ला अस्पताल सल्यानमा भर्ना भएका उनीहरू अहिले खतरामुक्त रहेका स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त प्रमुख डा.शरद धितालले बताए ।

जंगली च्याउ विषालु भएकै कारण उनीहरूलाई वान्ता हुने, पखाला लाग्ने समस्या देखिएको उनले जानकारी दिए । जंगली च्याउले ज्यानै लान सक्ने भन्दै उनले नखान सल्लाह दिए ।