☰ open Loading... 20 September 2024|  

एक वर्षमा ८ हजार बढी प्रहरी पुरस्कृत
पश्चिम नेपाल   | ५ श्रावण २०८१, आईतवार १९:१३

एक वर्षको अवधिमा ३ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), १० डीआईजी, ३९ एसएसपी, ७९ एसपी, २ सय २६ डीएसपी र ५ सय ८५ इन्स्पेक्टरसहित ८ हजार ८ सय ३४ जना पुरस्कृत भएको प्रहरीको वार्षिक कार्यसम्पादनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
३ सय ९३ प्रहरी वरिष्ठ नायब निरीक्षक, ६ सय २३ प्रहरी नायब निरीक्षक , १ हजार १ सय ८९ प्रहरी सहायक निरीक्षक, ५ सय २२ प्रहरी वरिष्ठ हवल्दार, १ हजार १ सय ९४ प्रहरी हवल्दार, १ हजार ५ सय ७६ प्रहरी सहायक हवल्दार, २ हजार १ सय ३९ प्रहरी जवान र २ सय ५६ प्रहरी कार्यालय सहयोगी पुरस्कृत भएका छन् ।