☰ open Loading... 21 September 2024|  

आहा गोठीकाँडा !
पश्चिम नेपाल   | ६ श्रावण २०८१, सोमबार ०९:३०

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित गोठीकाँडामा गरिएको कालोपत्रे । वीरेन्द्रनगरस्थित भ्यालीको गर्मी छल्न नजिक रहेको स्थानका रुपमा गोठीकाँडालाई लिने गरिन्छ । पछिल्लो समय यहाँ होटल ब्यवसायहरु थपिएका छन् । सुर्खेत मुकाम आउनेहरु गोठीकाँडा आउने गर्दछन् । यहाँ विशेष गरि लोकल कुखुराका परिकारहरु बनाईन्छ । पर्यटन प्रर्वधनका लागि सरकारले खासै चासो नदिएको यहाँका व्यवसायीहरु बताउँछन् । पर्यटनलाई लक्षित गरेर यहाँ स्टे भ्याली भ्यू रिर्सोट नामको तिन तारे सुविधासम्पन्न होटल समेत खुलेको छ ।