☰ open Loading... 21 September 2024|  

ग्यास पड्किएर घाईते भएकाहरुलाई उपचारमा सहयोगको अपिल
पश्चिम नेपाल   | ६ श्रावण २०८१, सोमबार ११:२७

भारतको मुम्बईस्थित पनवेलमा ग्यास पड्किएर घाईते भएका एकै परिवारका तिन जनालाई सहयोगको अपिल गरिएको छ । आर्थिक अवस्था कमजोर भएका घाईतेहरुलाई सहयोगी मनहरुले सहयोग गरिदिनका लागि परिवारजनले अनुरोध गरेको हो ।

उनीहरुको उपचारमा कम्तिमा १५ लाखदेखि २० लाखसम्म भारु रुपैँया लाग्ने भएकाले सहयोगको लागि अनुरोध गरिएको छ ।

ग्यास पड्किएर आगजनी हुँदा दैलेख आठविस नगरपालिका –७ चौरेताका छत्रबहादुर शाहीका छोरा हेमराज शाही, उनको पत्नी र सानो छोरा घाईते भएका छन् ।

उनीहरुको शरिरको ७० प्रतिशतदेखि ८० प्रतिशत भाग जलेको छ । मुम्बईस्थित उल्हास नगरको म्याक्सिको लाईफ अस्पिटलमा भेन्टिलेटरमा राखेर हेमराज शाहीको उपचार भईरहेको छ । उनको पत्नी र छोराको सिने हस्पिटलमा उपचार भईरहेको छ ।

प्रवासी नेपाली संघका केन्द्रिय सदस्य महेन्द्र शाही, नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रिय अध्यक्ष मोहन बडुवाल, प्रवासी नेपाली सम्पर्क विभाग महाराष्ट्रका राज्य सभापति राज रोकाय, नेपाली जनसम्पर्क समिति केन्द्रिय विभागीय सदस्य मदन बहादुर चन्द, प्रवासी नेपाली संघ भारत महाराष्ट्रका प्रचार प्रसार विभाग सचिव अमर बहादुर चन्दलगायत भारतमा भएका नेपाली संघसंस्थाका प्रमुख प्रतिनिधिहरु अस्पतालमा पुगेका छन् । उनीहरुले उपचारमा सवै पक्षबाट सहयोग गर्न अपिल समेत गरेका छन् ।

पीडितको आफन्त अंकल नविन बहादुर शाही +९१७७१००८०१३७ नम्वर रहेको छ भने, नेपालमा गणेशबहादुर शाही खल्ती आईडी ९८४८१५६६२५ रहेको छ ।