☰ open Loading... 21 September 2024|  

अन्तत हप्तादिनपछि दिए कर्णालीमा मन्त्रीले राजीनामा
पश्चिम नेपाल   | ६ श्रावण २०८१, सोमबार ११:४७

नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले आज मुख्यमन्त्री यामलाल कंडेलसामु राजीनामा दिएका छन् ।

वैशाख १८ गते माओवादीका तर्फबाट मन्त्री नियुक्त भएका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसि, सामाजिक विकास मन्त्री विरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावत र उर्जा जलस्रोत तथा सिंचाई मन्त्री रणसिंह परियारले आज राजीनामा दिएका हुन ।

मन्त्रीहरुको राजीनामासँगै माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको सर्मथनसमेत फिर्ता लिएको छ । माओवादीले सर्मथन लिएसँगै अबको एक महिनामा प्रदेश सभाबाट मुख्यमन्त्री कंडेलले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
राजीनामा पत्र बुझ्दै मुख्यमन्त्री कंडेलले मन्त्रीहरुलाई सहकार्यकालागि धन्यवाद समेत दिए ।

उनले राजनीतिमा यस्तै हुने बताउँदै आगामी दिनमा पनि सहकार्य, सहमति गर्दै अघि बढने प्रतिबद्धता जनाए ।