☰ open Loading... 20 September 2024|  

नगर शिक्षा योजना निर्माण सम्बन्धि अभिमुखिकरण
पश्चिम नेपाल   | ७ श्रावण २०८१, मंगलवार ०५:५१



दैलेख- नगर शिक्षा योजना लेखन कार्यदल सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नारायण नगरपालिका दैलेखको आयोजना ,स्याक नेपाल, यूएसएआईडीको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नारायण नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखाका प्राविधिक सहायक( प्रा.स.)सूर्यलाल पाण्डेले शुभकामना  मनतब्य राख्दै  नाराणय नगरपालिकाले शिक्षा योजना लेखन कार्यदल बनाउन थालेको बताए ।नगरपालिकाले शैक्षिक अवस्था सुदृढ गर्नका लागि २०८१/२०८२ पञ्चबर्षिय नगरशिक्षा योजना वनाउने उनले जानकारी दिए ।

दैलेख नारायण नगरपालिका वडानं २का वडाअध्यक्ष रेशम बहादुर थापाले शिक्षा क्षेत्रमा भएको समस्या समाधान गर्न वडाअध्यक्षको महत्त्वपूर्ण भूमिका रहने बताए ।उनले निति तथा कार्यक्रम निर्माण गर्न वडामा समन्वय गरेर शिक्षकले पनि शैक्षिक क्षेत्र सुधार गर्नुपर्ने उनले जानकारी दिए।उनले विद्यार्थीलाई आर्थिकमा समेत समस्या भएकोले स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए ।


यस्तै नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख पुर्ण प्रसाद उपाध्यायका अनुसार नगरपालिकाको शैक्षिक अवस्था सुदृढ गर्न नगर योजना शुरु गरिएको बताए । नगरयोजनाले शैक्षिक अवगस्था, भौतिक पूर्वाधारको अवस्था, शिक्षक तथा जनशक्तिको अवस्था र सुधानुपर्ने बिषय मुख्य रुपमा समेटिने उनले जनकारी दिए ।